Monday, 28 March 2016

फ्लयास ब्याक टु द फिउच्र्‍र

for more visit 

http://lokendraawasthi.blogspot.com/

सपनै सपनाहरूको चुलीबाट एउटा सपना टपक्क टिपेर कुनै दिन मेरो अँगालो भरी सजिएर उसले भनेकी थिई– ‘कान्छु, हाम्रो छोरीको नाउँ दिलाशा राख्ने है ।’
एकाबिहानै कसैले मेरो हातमा रातो रङ्गीन कागज थमाएर गयो । विवाहको कार्ड भित्र दिलाशा नाउँ देखेपछि म झस्किएँ एकपल अनि मेरो मस्तिष्कमा विगतको हरेक क्षण मडारिन थाल्यो ।
***
सिनेमा हेर्न बसे झैं एकाएक मेरो मानसपटलमा अतितका प्रत्येक दृश्यहरू घुम्न थाले। खुसी के हो? के होला सुख? कत्रो होला आकाङ्क्षाको सगरमाथा? कहाँ होला चाहनाको अन्तिम बिन्दु? के हो प्रेम? अनि सर्मपण? केलाई भनिन्छ त्यो ? धेरै पटक आफ्नै दाँतले आफ्नो जिब्रो टोकेको याद छ मलाई– अरे यार अनि कसरी गर्न सकिन्छ कसैलाई आफूलाई भन्दा धेरै बिश्वास ? कहाँबाट जन्म हुन्छ धोका र विश्वासघातको ? त्याग ? कसका लागि गरिन्छ त्यो ? सही र गलतको मापन कसरी गरिन्छ ? थाहा छ पीडाले सबैलाई सताउँछ अनि दुखाउँछ ।
यति बुझ्दा बुझ्दै पनि मान्छे कसरी अरूलाई पीडाको समुन्द्रमा धकेलेर आफू खुसीको सागरमा तैरिन सक्छन् होला! चोटको साथमा किन सधै आँसु मात्र आउँछ? के सधैं एकै खाले पीडाले उत्तिकै  आँसुको आहाल जमाउँछ होला र ? उसो त म बेतुकका कुराहरू सम्झेर मनमा खेलाएर बस्ने मान्छे त हैन, तर आज अनायासै यी प्रश्नहरू कुन्नि किन हो गुडुल्किँदै छन् भित्र भित्रै । मैले आफ्नै जीवनसँग यो प्रश्न सोध्न पर्ने थियो । वर्षौ पहिले तर त्यो पल मेरो जीवन केवल मुकदर्शक बनिदियो, न बोल्यो न केही बुझायो । बन्यो त केवल जिउँदो लाश।
मैले जीवनमा जे जे पाएँ त्यो चाहना थियो या भनौं मेरो चाहना सबै प्राप्त भयो । मलाई आफ्नो जीवनसँग गुनासो छैन, न त कहिले थियो नै । म कहिले केही कुरा सोचेर गर्दिनँ, बरु गरेपछि सोच्छु । जीवन एउटा नाटक हो, मेरो जीवन पनि त्यस्तै नाटक लाग्छ मलाई। आफ्नो भूतलाई नजिकबाट नियाल्ने हो भने मलाई कुनै नाटकघरमा अद्भूत अनौठो किसिमको नाटक मञ्चन हुँदै गरेको महसुस हुन्छ । जीवनले दियो मलाई मैले चाहेको हरेक खुसीका धर्साहरू । कहिले केही नपाउँदा पनि रोइन म, कहिले सबै पाउँदा पनि हाँस्न सकिन म ।
कहिले अपूर्ण हुँदा पनि हाँसेको थिएँ म, कहिले पूर्ण हुँदा पनि रुँदै थिएँ । त्यसैले सायद जीवनलाई जीवन भनिएको रैछ, कहिले सरल भएन त्यो । त्यो त स्वचालित थियो । म त जीवनरुपी नाटकको एक पात्र, डाइरेक्टर अरु नै कोही थियो । म डाइरेक्टरको निर्देशन बमोजिम आफ्नो भूमिका निभाउँदै थिएँ । जीवन अँजुली भरीको पानी रैछ जसको भाग्य बलियो छ उसले धेरै पाउँछ नत्र थोरै । मैले कहिले हद पार गरेर रोज्दा नपाएको कुरा मोह हराएसी पाएँ । माया मारिसकेसी देखायो जीवनले सपना पूरा हुने आशाका स–साना किरणहरू।
मलाई कहिले रिस उठेन, कहिले दया जागेन, न त कहिले गुनासो रह्यो आफ्नो जीवनसँग । मलाई गुनासो थियो बरु अरु कसैको जीवनसँग, जसको जीवनमा मेरो अस्तित्व अमूर्त बनेर बसेको थियो । म त्यो सम्मान या त्यो स्थानको लायक नै थिइन कहिल्यै । हरसम्भव प्रयास गरेँ उसको जीवनबाट आफ्नो अस्तित्वको सर्वनाश गर्न मलाई के थाहा थियो र त्यो गर्न खोज्दा म उसको अस्तित्वको हत्या गर्दै थिएँ भनेर ! अरे कोही कसैलाई कसैको यति धेरै चाहना यति धेरै प्रेम पनि हुन्छ र ! कति पटक ऊ तयार थिई मेरो उपस्थितिलाई आफ्नो जीवनबाट पर धकल्न, म कसरी खुसी हुन सक्थेँ र कोही मेरो खुसीको लागि आफ्नो खुसीको मलामी जाँदै गरेको देख्दा । अँ कतै कतै यी र यस्तै कुराले घचघचाउँछ जीवनलाई ।
एकान्तमा आफैंलाई खोजी गर्ने क्रममा म आफ्नो मनको फ्ल्यासब्याक बटनलाई थिच्छु । हेर्दै जाँदा जीवन एक ठाउँमा गएर टक्क अडिन्छ । ती सम्झनु पर्ने कुराहरू त होइनन् तर पनि आइदिन्छ अवचेतन मनमा नचाहँदा नचाहँदै । नियतिले कस्तो मिठो मजाक ग¥यो मसँग त्यतिबेला । मेरो लागि त मिठै थियो बनिदियो नमिठो तितो र टर्रो अरु कसैको लागि । त्यसले सधै अन्तरकुन्तर केलायो, निफन्यो । कहिले मेरो चाहना पन्छायो कहिले अरु कसैको चाहना पन्छायो । फेरि निफन्यो । अन्तिममा पन्छिने क्रममा अरुकै चाहना पन्छियो सँगालिने भागमा मेरै चाहनाहरू मात्रै सँगालिए ।
यसो सोच्दै गर्दा एकाएक स्पर्श गर्छ उसको सम्झनाले । को भनेर सम्बोधन गरौँ म उसलाई, प्रेमी भनौँ सायद कहिले त्यो किसिमको प्रेम पलाएन मेरो मनमा उसका लागि । साथी भनौँ ऊ मलाई आफू रित्तिएर प्रेम गर्थी । अनौठो सम्बन्ध थियो हाम्रो, मैले नमागेरै सबै थोक पाउँथे ऊ बाट । उसले चाहेर पनि केही मागिन मसँग। म बुझ्थेँ उसको मप्रतिको प्रेम, न त उसलाई आफूलाई प्रेम गर्न रोक्न सक्थेँ म, न त उसले कहिले आफूलाई प्रेम गर्नैपर्ने चाहना राखी मेरो सामु । ऊ सधैं आफ्नो मनको गाग्रो खाली पारेर मेरो मनको घडा भर्न तम्सीरही।
एउटा यस्तो मोड आएको थियो जीवनमा जुन मोडमा पुगेपछि सोचेको थिएँ मैले सधैंका लागि उसको हात थाम्छु 
भनेर। मेरो आफ्ना सपनाहरूका सारा बाटा बन्द भैसकेका थिए। मलाई उसको माया लाग्यो या उसको एकोहोरोपन प्रति दया लाग्यो कून्नि के भयो! जे होस् मैले स्वीकारेँ उसलाई अझ भनौ मैले सम्झौता गर्ने निर्णय लिएँ आफ्नै जीवनसँग आफ्नै मनसँग । उसो त त्यसलाई दयाको नाउँ कसरी दिउँ, म कयौँ पटक रोएको छु उसको पीडामा उसँगै। उसको हाँसोमा आफ्नो पनि मुस्कान मिसाएको छु मैले । खैर, उसको जीवनको क्यानभाषमा छर्की दिएँ खुसीको रङ्गको सानो छिटा जीवनभरीलाई पुग्ने रङ्ग दिने शर्तमा।
ऊ त्यो थोरै छिटालाई पनि धेरै उपयोग गर्न खोज्थी । आखिर उसलाई रङ्गाउनु थियो आफ्नो सँगै मेरो जीवन पनि । मेरा श्यामश्वेत रहरहरू बिलिन हुने तर्खरमा थिए, । ऊ मेरो चाहना थिइन तर ऊ मेरो जिम्मेवारी बनिदिई । मैले सोचेको थिएँ जीवनको यात्रामा समयले साथ दिउन्जेल सधैं हात थामेर हिँड्छु भनेर । उसको मनको बिश्वासले अर्को ऊर्जा दिन्थ्यो मेरो मनलाई । मलाई वास्तविक्तामा जिउनु थियो, मलाई थाहा थियो म उसको प्रेम थिएँ अनि म आफै जोडिन गएँ उसको जीवनमा उसका अप्राप्य सपनाहरूलाई बिपनाको बाटो देखाउन । भन्ने नै हो भने आफैंले देखाउन थालेँ उसलाई हाम्रो अकल्पनीय भविष्यको धमिलो धमिलो मानचित्र ।
फेरि पनि नियतिले अरू नै केही लेखेको रैछ । समय हाम्रो साथमा रहेन । ऊ मसँगै थिई त्यसले डोहोराएर पुर्याउने अर्को मोडसम्म । जिन्दगीले उसको साथमै पुर्यायो मलाई त्यो दोबाटोमा जुन दोबाटो पुगेपछि मलाई रोज्नु पर्ने भयो आफ्नो प्रेम र जिम्मेवारी मध्ये कुनै एक । दुबैलाई सँगै लिएर हिँड्न सम्भवको कुरा थिएन । अचम्म लाग्छ जीवनलाई फेरि दिनु नै थियो भने किन खोसेर लग्यो मेरा सपनाहरू ! त्यो त ठिकै थियो फेरि अँध्यारोमै धकेल्नु थियो त किन दियो त उसलाई उज्यालोको सानो प्रकाश ? नियतिलाई खोस्नु रैछ उसको जीवनको हाँसो, मलाई मेरा खुशीहरू दान दिएर । गज्जबको खेल खेलिदियो त्यसले । उसले आफ्ना सपनाहरू प्राप्त गर्न मैले मेरा सपनाहरूको दहासंस्कार गर्नु पर्ने थियो, मैले मेरो सपनाहरू प्राप्त गर्न उसलाई उसका सपनाहरूको बली चडाउन पर्ने थियो । मैले जिम्मेवारी त्यागेँ आफ्नो प्रेमको लागि । उसले आफ्नो प्रेम त्यागी मलाई सधै खुसी राख्न पर्ने जिम्मेवारीलाई सम्झेर । अचेल लाग्छ प्रेम पनि एउटा सम्झौता हो । आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने सम्झौता । म सजिलै अड्कल काट्न सक्थेँ उसको मनोदशा सायदै कतै खुसी थिई मेरो खुसी सम्झेर, कतै दुःखी थिई होली मृत्युबरण गरेको आफ्ना रहरहरूको शोकमा। कतै रोई होला मैले सधै साथ दिन्छु भनेर दिएको पुरा हुन नसकेको बाचा सम्झेर, कतै हाँसी होली आफूले सधै खुसी राख्छु भनेर पूरा गरेको आफ्नो बाचा सम्झेर।
खै किन खेल्यो जीवनले यस्तो खेल, कसैलाई हँसाउन कसैलाई रुवाउनै पर्ने यो नियम हो या बाध्यता ? म अरुको नहुन्जेल ऊ मेरै भैरही । उसले सधैं मेरो हाँसो हेरी आफ्नो सन्तुष्टी भन्दा अगाडि । गन्तव्य थिएन तर पनि हात थामीरही मेरो । उनी एकै ठाउँमा लाखौं पटक घुमीरही अनि अन्त्यमा महसुस भयो सम्बन्ध जहाँबाट सुरु भएको थियो त्यहीँ रहेछ त्यसको अन्तीम बिन्दु पनि । सायद सम्बन्ध सुरु नै भएको थिएन, एउटा भ्रम थियो त्यो । म अरुको भएपछि बिदाइको अन्तिम साइत दिन ऊसँग भएको त्यही आफ्नो रित्तो गाग्रोलाई आफ्नै आँसुले भरेर मेरो सुन्दर भविष्यको प्रार्थना गरेर बिलिन भै मेरो जीवनबाट।
मैले उसलाई केही पलको लागि “एक” दिएँ प्रफुलित बनाएँ, अनि केही छिनमै लुटेर हिँडेँ उसको साथको “सय” सँगै आफूले दिएको एक पनि तर अझै मलाई कुनै गुनासो नभिराई गै ऊ । आफ्नै जीवनलाई सयौ प्रश्नहरू खडा गरेर ।
***
अनि ऊ एक्लैले पोती जीवनलाई सुन्दर पाटीमा, आज पूर्ण छे ऊ । नियतिले उसको एउटा खुसी खोस्यो र खोलीदियो लाखौँ मुस्कानको ढोकाहरू । आज ऊ सफल छे, एक सफल गृहीणी, एक सफल आमा । आज देखेँ उसको आँखामा सन्तुष्टीको चम्किलो प्रकाश जब आफ्नी छोरीको बिहेको निम्तो दिँदै थिई मलाई। जाँदा जाँदै आज छोडेर गई आफ्नो उही पुरानो मुस्कानको मिठो छाप मेरो नयनभरी। के बिर्सी होली र उसले आफ्नो अतितको अति प्रिय म पात्रलाई ? हुन त अचेल मभन्दा प्रिय मेरा यादहरू होलान् । ती यादहरू भन्दा अझै प्रिय उसको आफ्नो जिम्मेवारी । उतीबेला उसलाई जाने बेला भनेको थिएँ– सधै खुसी हुनू भनेर । आज ऊ मुस्काएकी छे भ्रमरहित आफ्नो वर्तमानमा ।

Sunday, 20 March 2016

I lost my phone today

Story by Soniya Gurung 

For mor visit 
http://psonya.blogspot.com/



I lost my phone today

I lost one of my mobile phones today. More like, dropped it somewhere unknowingly. Only when I reached my room, did I become aware that one of my apron pockets felt lighter than the other. Anywho, I called my friends, and they helped me with the searching and all, in some probable places. But ‘em places were devoid of my Nokia X2-00. I then retraced my steps and concurrently attempted contacting the poor little old lost thing, using my other phone. Unexpectedly, someone received on the other side; a young male voice. I was glad that a good person had found my phone, otherwise he wouldn’t have received my call. However, he sounded reluctant when I asked him where he’d found it. On repeated questioning, he finally told me that he'd come across it outside the dental college. I asked him of his whereabouts so I could get to my phone ASAP.

I’ve been through a similar situation once before, in 2012. If you have resided in Dharan, you’ll be aware of the noise the tempos make, specially on an unpaved road. So when my phone fell out of my pocket, I'd no idea about it. Thankfully I’d gotten it back, with the help of some wonderful people; plus, the tempo driver who had found it, had settled on a negotiated sum of Rs. 300. I had to pay it to him (I know!!).

I wasn’t so much scared of losing a materialistic object, as I was of someone misusing the data I had in my mobile viz. photos, contacts, social media accounts, etc.

And today, I found myself facing that same fear. I wanted to reach Ratna Chowk (the address that guy had given me) ASAP but I had started out of the hostel with empty pockets. However a friend who was passing by on his bike, agreed to take me there, despite running the risk of being late for his ward round. On reaching the Chowk, that guy was nowhere to be seen. Earlier he’d informed me that he was some Mr. X’s bhanja (X, because, well, confidentiality). So I sought Mr. X’s address and on reaching there, I (the sceptic part of me, to be precise) was relieved on finding that Mr. X really existed; his dad was there. I informed him of the situation and he agreed to help me. After that my friend left for the hospital for he was too damn late.

When I called the man again, I found that he’d diverted the call from my Ncell (of the lost phone) to my Ntc number. I should’ve understood his intentions then, but I wanted to believe that he’d really reach Ratna Chowk and hand me the phone. So I kept at the phone call. At long last, I heard the ring. I informed him of my location. He seemed quite positive about returning my cell. Then uncle asked to talk to the guy. And in doing so, he said that he didn’t recognize the guy’s voice. He'd told me earlier that his son had brothers, but no real bhanjas; like there were some lads whom he thought of as bhanjas but were not family. So he guessed one of them may have found my phone.
On talking to uncle, that guy agreed to come to Ratna Chowk within two minutes. My hopes went up again.

Two minutes turned into half an hour but he didn’t turn up. Few people of that area had come to know of my situation, and some realistic ones told me that that man wasn’t going to come, and that he was trying to defame Mr. X. I wished those people to be wrong, but the unfruitful passage of time coerced to be pragmatic. So I thanked Mr. X’s acquaintances, and left them my contact number so I could be informed of any new information. Then I headed towards my hostel.

As soon as I reached my room, I changed the passwords of the social media accounts I was logged in, in my gone phone. I was simultaneously wondering about the good that could've happened to me but which, sadly didn't. Anywho, I slept on it, the entire thing. When I woke up, I didn’t feel that bad; in some recesses of my mind, I was reminded of these lines by The Shawshank Redemption’s Andy, “Bad luck, I guess. It floats around. It’s got to land on somebody. It was my turn, that’s all. I was in the path of the tornado.”

Like I had written before, I don’t treasure materialistic things much. It’s a growth that has been happening gradually. I think the first time I’d decided to not lament over trivial things, was 3 (or 4?) years ago, when I’d accidentally deleted all the songs in my phone. I’d despaired over it, but after a while, I'd realised the futility of it too.

Also, I’d made some observations regarding the timing of this incidence; just two days ago, my sister had suggested me to use only one phone instead of two; and my mom also had lost her phone on the way to Sydney. That a similar thing should have happened to a mother and her daughter within a short time, is interesting. Also, had I taken my sister’s advice, there’d have been an alternate reality. But I feel I’m kinda done with pondering over alternate realities, and interesting occurrences with possible hidden meanings. I like to think of (more like, make conscious effort to think of) universal randomness, more than destiny or karma, because it is so much less headache. For the time being, at least.

Sunday, 21 February 2016

कविता तिमी

 Nabin Bhatta 

MBBS 

BPKIHS 2012

http://navinbhatt.blogspot.com/ 

तिमी


 समर्पणः जीवनका स्वर्णीम स्वप्नील स्मृतिहरूप्रति

सङ्गीत सुशेलीमा भिजिरहँदा                                  
नक्षत्रहरु आकाशगङ्गामा पौडिरहँदा                           
बादलको घुम्टो आकाशमा लुकामारी खेल्दै गर्दा
अनि यौवनाहरु आफ्नो काकलीमा रमाइरहँदा
म तिमीलाई सम्झदै बस्थे
तिमीसँगै काकलीमा रमाइरहन्थे
तिम्रो सुशेलीको सङ्गीत बनिदिन्थे
हो प्यारी दायादी
म तिमीसँगै हुन्थे
म तिमीसँगै हुन्थे ।।
मोहिनी पद्मिनीसँगको भेट जस्तै
पहिलो भेटमै बिमोहित बनायौ
तिम्रो भलाद्मीपनाले अनि मृदुल मन्दमुस्कानले लट्ठ्यायौ
शान्त र स्निग्ध मनले तानी ल्यायाैँ
सुन्दरता र सरलताको तीर रोप्यौँ
अनि त लटि्ठ्ए म
तिमी सँगै सधैँ सधैँ ।।
म तिमीलाई भेनस भन्न रुचाउँछु
अनि अफ्रोडाइटलाई तिमीसँग तुलना गर्न थाल्छु
जब म तिमीलाई भेट्छु
शीतलता अनि ऊर्जाको नवीन आभा झल्कन्छ
सँगै हिड्न मज्जा लाग्छ, अझ तिम्रो साथ
झन् उकाली ओराली गर्न पाए
यात्रा कति रमाइलो हुँदो हो
अनि पो यो मन यसै यसै बहकिन्छ
अझ तिम्रा लागि धड्किन्छ
खै तिम्रा लागि धड्किन्छ ।
तिम्रो चञ्चलतामा म अभिनय गर्छु
तिम्रो मृदुलतामा म अनुभव गर्छु
तिम्रो सुन्दरतामा म लट्ठ हुन्छु
तिम्रो मौनतामा म बुद्ध हुन्छु
तिम्रो विद्धतामा म विचरण गर्छु
तिम्रो मन्दहाँसमा म मुस्कुराउँछु
तिम्रो आवेगमा म ज्योत्स्ना हुन्छु
तिम्रो कठोरतामा म मृदुल हुन्छु
यी सबै सबैमा म तिमी हुन खोज्छु
अनि पो त तिमी सँगै हुन खोज्छु
तिमीलाई नै महसुस गर्छु
मात्र तिमीलाई ।।
तिम्रो सुनामलाई म आफैँ अथ्र्याउन खोज्छु
सन्धि विग्रह गर्न थाल्छु, अनि सुनै सुनको भण्डार भेट्टाउँछु
अनि सुनै सुनको भण्डार भेट्टाउँछु
साँच्चै “सुन” छौ“ र “सुन” रहिरहनु, सदाकाल सधैँभरि
बाँचिरहनू सुनगाभा र सुनाखरी रहेसम्म
सुनकोशी बगेसम्म
सुनकल्च्छेलाई साक्षी राखी तिम्रो स्वागतार्थ
कयन् सुनकिरीहरु परिक्रमा गरिरहून् सधैँसधैँभरि ।
स्वप्नील आभामण्डल तिम्रो भविश्य होस्
म तरङ्गीत हुनेछु
प्यारी दायादी
तिम्रो विशाल हृदयको कुनै कुनामा
मेरो वासस्थान भेट्टाए भने
मेरो वासस्थान भेट्टाए भने ।।

Monday, 15 February 2016

यात्रा संस्मरण 

                    यात्रा संस्मरण कान्दा गाउ

हरिश्चन्द्र बिष्ट


कुनै योजना थिएन , स्थिति परिस्थिति बेग्लै , परिक्रमा पुस्तकालयबाट बसको छतमा लुगाहुरु राखियो | एक्कासी प्रस्ताव आयो नविन दाइ मधुर सरबाट ''जान्छौ ? सक्छौ ?'' प्रत्तिउत्तरमा हामीले भन्यौ '' सकिन्छ सर ! अनि सुरु भो हाम्रो अप्रत्यासित तर अविस्मरणिय यात्रा | चितवन पछिको घन्टाको उकालो यात्रा, डूवर्खाडी , मलपानी, आपपानी अनि थाकरटारको मनोरम दृश्य बरकेनटारको सिरसिरे हावा जीवित मनमा | अनि क्षण थाकेको मष्तिस्कमा उर्जा आनन्दको संचार वाहा ! गाल्चन खोलामा लत्ताकपडाहरुलाइ कान्दाका चेपाङ्ग बस्तीका बासिन्दाहरुलाई चार समुहमा जिम्मा लगाइयो | स्पस्ट देखिन्थ्यो उनीहरु भित्रको अदृश्य पिडा आकांक्षा जिवनशैलिको अवस्था | कस्तो बिभेद  दैबको एक सर्को लुगा एक छाक खानका निम्ति दिनरात कन्दमुल घोरलको खोजिमा डुल्नुपर्ने  स्थिति देख्दा कता कता मन पिरोली रहन्थ्यो आफुले सानो सहयोग गर्न पाउदा उनीहरुको मुहारमा हसिलोपन हेर्न पाउदा यस्ता कार्यहरु प्रति लाग्ने झन् हौसला बढेर गयो |

घण्टाको लामो उकालो चढाईपछि करिब बजेतिर लक्ष्मी प्रतिस्ठानको होस्टेलमा आइपुग्यौ | ज्यानै जाने चिसो तर पनि आगो ताप्नुको मजा बेग्लै | विष्णु गौतम सरको मनै छुने कुरा भनौ या आशु नै झार्ने व्यथा, सुन्दा सुन्दै आखाबाट आशु झरेको पत्तै भएन | आफ्नो दुइ छोराको महिनाको अन्तरालमा भएको दुखद निधनले कत्ति पिडा भयो होला ? यस्तो दुख पिडा कुन आमा बाबु लाइ सोच्ने साहस होला ! उहाको हृदयको पीडाले यति सिमा नाघेछ कि सपरिवार भोटेकोशिमा सामुहिक आत्महत्या गर्ने निर्णय लिने सम्मको कुरा सुन्दा मनमा कोरिदै थियो त्यो चित्र एउटा पृष्ठभूमिमा जप्दै थियौ अर्को दुखद कुरा सुन्न नपरोस ! तर जब उहाले आत्महत्या हैनकी अरुको निम्ति बाच्ने संकल्प गरि कान्दा आएको कुरा सुनाउनु भयो हाम्रा आखाका परेलिले आशु लाइ थामीराख्न सकेनन तप्प झरे दुइ थोपा आशु !

३० मिनेटको आराम अनि सुरु भो खान पिन | अथिति देव भव ; भन्ने नेपालिहरुको उखानको साब्दिक अर्थ भेट्टायौ | आफैनै बारीको आलु,काउली,सिमि अनि तोरिले भुटेको साग वाह लाग्थ्यो कि कति तारे होटेलमा छु | सर हजुर संगै जोडीएको बोलाइको मिठास त्यो पनि चेपाई भाषाको लावाजमा आनन्दको सिमा रहेन | आफु आफुहरु बिचको आफ्नो पनको सम्बन्ध तर थिए फरक फरक पृष्ठ भूमिबाट हरेक मनहरु | भनिन्छ पानिको स्वाद हुदैनै तर पनि भेटायौ सत्कार आफ्नोपनको मिठास ! चुल्होको छेउमा कुर्सि राखेर आगो ताप्दै खादा भान्छे दिदिले दाल भात थप्दा लाग्थ्यो कि आफ्नै आमाले पो थप्दै हुनु हुन्छ कि ? समयले प्रतिबिम्बित गर्दै थियो राति ११ बजेको निन्द्रा थिएन तर पनि अर्को दिन काम गर्नुपर्ने भएकाले सुत्न खोजियो | खेल्दै थिए यात्राका रमाइला पलहरु | भन्ज्यांग बाट देखिने क्षितिजको रक्ताम्य द्दृश्य अनि पुर्वको चन्द्रमाको मधुरो प्रकाश पथ दर्शक बनि दियो | अनि हात हातको गठबन्धन अनि ओरालो झर्दाको बेमौसमी गफ झल्झली बिउझाइ रहन्थे | मनमा आर्लाम सेट भई सकेको थियो कि बिहान छिट्टै उठेर आफ्नो काम गर्ने कान्दाको बारेमा बुझ्ने |

बिहान आर्लाम सेट गरेको भन्दा १५ मिनेट  अगाडी नै निन्द्राले छोड्यो | बिहानको नित्यकर्म चिया बिस्कुट संगसंगै सुर्योदय अनि आखाले भ्याएसम्मको मनोरम दृश्यको एक तर्फी वहस | अनि भो बिहानी खाना , बिर्से पाच तारे होटेलमा खाको परिकार दुइटैलाइ दाज्दै कति खाइयो आफै लाइ थाहा छैन | बिहान बिहानको मौसममा तान्दै गरेको एक सर्को कान्दाको हावाले कल्पनामा डुबे सोच्न  बाध्य भए कि मा कुनै रोग थियो मलाइ हस्पिटलको भेन्टिलेटरमा पो दिइदै कि अक्सिजन , कता कता लाग्थ्यो अमृत मिसाइएको सिलिन्डरबाट पो तान्दै छु कि हावा , आनन्दको तरङ्ग रगत संगै तरंगित हुन्थ्यो | अनि नजिकै रहको विधालयमा गयौ झल्झली सम्झे आफ्ना विधालयका ति रमणीय पलहरु | सानो चौरको रिले दौड आफु पनि बच्चै बन्न पुगियो | चेपाङ्ग भाषा समुदायलाई बुझ्ने इच्छा जाग्यो अनि सुरु भो सोध पुछको कार्यक्रम | कति बेर चेपाङ्ग तामाङ्ग भाषाका शब्द बुझ्ने अर्थयाउने प्रयास गरियो | यस्ता यस्तै साझा भो तर घडीमा बजेको थियो दिउसोको दुइ | होस्टेलको अफिसमा राकिएका लुगाहरु मिलाउदै वितरणको कार्यक्रम प्रारम्भ भयो | छाती चौडा भयो , ति बालकहरुको अनुहारमा देखेको हासोले साच्चै कुनै फुल फक्रे भन्दा कम थिएन तिनको अनुहारको चमक पत्र पत्र गरेर नियाल्दा | छु छु छा छा जाडोले कठयारिएको शरीर थोरै  भए पनि न्यानॊ लुगाले ढाक्न पाउदा उनीहरुले शान्तिको महसुस गरे जुन हाम्रो लागि सफलता हो | ८६ जनाको एकीकृत हासो अर्थात मुस्कान अझै जीवित मनको मझेरीमा | साझा छिप्पिदै जादा शरीर कम्पनमा थियो तर पनि भाइ बहिनिहरु संगै सुरु भयो नाचगान , कथा , चुट्किला सरसफाइ सम्बन्धि कुराहरु | हरेक बिद्यार्थीको चाहाना बुझ्न खोज्यौ भविस्यको , भेट्टायौ हरेकमा फरक फरक लक्ष्यहरु , हिरो , शिक्षक धेरै भन्दा धेरै पाइलट ,जसरि आज ति एकसरो लुगा बिहान बेलुका हात्मुक्ख जोर्न आफ्नो  खुसि उडाइरहेछन  कान्दाको चिसो हावामा  शुभ-कामना हाम्रो हरेक चहानाले सफलता चुमुंन निन्याउरो अनुहारमा मुस्कानको तरङ्ग देख्न पाइयोस | दुसो तिर सुनिन्थ्यो कता कता हेलिकप्टरको तर दुर्दशा हेर्न नपाउदै डाडै बाट भागेक जान्थ्यो | भन्न मन लाग्यो नीति   नेतृत्वहिन राजनीतिज्ञय अनि देशको ठेकादारहरुलाइ आखाको कमजोरी हो यदि भने सित्तैमा खुवाउछन हरियो साग कान्दाका चेपाङ्गले |

अर्को सुर्योदय कता कता अप्ठ्यारो लागिरहेको थियो किनकि हाम्रो बसाइ लगभग सकिदै थियो त्यो न्यानॊ कान्दाको काखबाट | गिरीब छन चेपाङ्ग समुदाय धन शैक्षिक चेतनामा तर सित्तैमा बाड्दै हिड्छन अरबौ  को मन   मानवता | ठाउ, समय परिस्थितिले झन् झन् आफ्नो लाग्दै थियो तर पनि चुट्टिनुको  पनि विकल्प थिएन | बिद्यार्थी भाइबहिनी संग बिदाइका हात हल्लायौ तर मिलाएर आयौ नया सम्बन्धका आयामहरू मन देखि नै | अविस्मरनिय कान्दाको यात्रा पलपलका दृश्यहरु जीवित छन् मानसपटलमा | सानो भाइको मुरलीको धुन , अनि सन्त मंगल भाइको मनै छुने मार्मिक गीतले अझै अनि जिन्दगीको अथर्थतालाई बेला बेला झस्काई रहन्छ | बस भेट्टायौ कान्दा कान्दावासिमा निर्जीव शब्दका अनकौ अनेक जीवित अर्थहरू |





                                                                                                                                      हरिश्चन्द्र बिष्ट